| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा २ मा रास्वपा नहुँदा समानुपातिक मतमा अन्य दललाई फाइदा

प्रदेश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार नउठाउँदा ठूला दललाई फाइदा भएको छ । नवठगित सो दलले मत काटेका कारण असजिलोमा परेका पुराना ठूला दलहरुलाई प्रदेश निर्वाचन क्षेत्रमा सो नयाँ दल नहुँदा मत संख्या बढी देखिएको छ ।

गोरखा क्षेत्र नं. २ मा प्रदेशसभा १ र २ मा कुल एकलाख पाँचहजार दुई ४० मतदाता रहेकोमा समाुनपातिकतर्फ जम्मा ५३ हजार नौ सय ४१ मत खसेको थियो । त्यसमध्य पनि ४९ हजार आठसय २३ मत सदर भए भने चार हजार एक सय १८ मत बदर भए ।

गोरखा २ को प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्ह नहुदा अन्य दललाई धेरै फाइदा भएको देखिन्छ । रवि लामिछाने नेतृत्वको रास्वपा नहुँदा प्रतिनिधिसभाको समानुपातिकभन्दा प्रदेशसभाको समानुपातिक सबै दलले धेरै मत ल्याएका छन् ।

प्रदेशसभातर्फ खसेको समानुपातिक मतका आधारमा सबैभन्दा धेरै नेकपा माओवादी केन्द्रले २१ हजार नौ सय २० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसले ११ हजार सात सय ८१ मतका साथ दोस्रो र तेस्रो स्थानमा रहेको नेकपा एमालेले सातहजार सात सय ९४ मत ल्याए । प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टी नहुदा एमाले तेस्रो स्थान कायम गर्न सफल भएको छ ।

त्यस्तै, प्रदेश समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईहजार चारसय ५७, मंगोल नेशनल अर्गनाइजेशनले एकहजार दुईसय ७३, नेपाल पार्टीले एकहजार चारसय ६२, एकीकृत समाजवादी पार्टी आठसय २८ र जनता समाजवादी पार्टी नेपालले चार सय ९७ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट(माक्र्सवादी लेनिनवादी)ले चार सय २२, जनमत पार्टीले तीन सय ३५, नेपाल आमा पार्टीले तीन सय ३५ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एक सय २५मतल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्