| मङ्लबार, कार्तिक २४, २०८३

संविधानसभा सदस्य अनि प्रदेश सांसद बने धिताल

गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा क मा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य कृष्ण धिताल बिजयी बनेका छन् ।
२०१८ सालमा जन्मिएका धिताल भेटनरीमा आईएसी उर्तिण हुन् । उनले केही समय जागिरे जीवन बिताए । २०४९ मा कर्मचारी आन्दोलनको नेतृत्व गरेकै कारण उनको जागिर गयो । त्यसपछि फेरि जागिरमा जोडिएनन् । त्यसयता निरन्तर राजनीतिमा लागेका धिताल १० वर्षे माओवादी जनयुद्धमा सक्रिय रहे ।

कास्की, लमजुङ र गोरखाको इन्चार्ज भएर उनले काम गरे । धेरै वर्षदेखि गोरखाको इन्चार्जको रुपमा उनले काम गर्दै आएका छन् । उनी जनमुक्ति सेनाको कमिसारसम्म भएका थिए ।

सालिन र भद्र ब्यक्तिको छबि बनाएका धिताले २०७० मा समानुपातिकतर्फबाट संविधान सभा सदस्य पनि भए । अहिले प्रदेश सभामा उनले दोस्रो अवसर पाए । प्रत्यक्ष निर्वाचन भने उनी पहिलो पटक लडेका हुन् ।

कृषि तथा पशु विज्ञान क्षेत्रको आफ्नो अध्ययन र अनुभव रहेकाले उनलाई आफ्नो क्षेत्रमा कृषिलाई आधुनिकिकरण गर्ने योजना छ । राजनीतिमा लागेर जनताको सेवा गर्दै आएका उनलाई अब जनप्रतिनिधिको रुपमा प्रदेश सभामा बसेर काम गर्ने अवसर आएको बताउँछन् । ‘अझै जिम्मेवार भएर स्थानीय, प्रदेश र केन्द्रिय सरकारसँग तालमेल गरेर जनताको काम गर्नेछु’ उनले भने ।

बूढीगण्डकी मेगा प्रोजेक्ट, त्रिशुली र बूढीगण्डकी माथि पक्की पुल निर्माण, बाटो पिच गर्ने मूख्य प्राथमिकतामा उनले राखेका छन् । कृषि, पर्यटन, पूर्वाधार बिकासलाई जोड दिँदै जनताको आवस्यकतालाई ध्यान दिएर काम गर्ने उनले बताए । ‘सबैमतदातालाई धन्यवाद, मतको सम्मान गर्दै सकेको सहयोग गर्न प्रतिवद्ध छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्