
गोरखामा शान्तिपूर्ण रुपमा मतदान सकियो : प्रजिअ आचार्य
गोरखामा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ ।
सबै केन्द्रमा मतदान भएको र शान्तिपूर्ण रुपमा सकिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘केही समान्य बादविवादका घटना भएपनि तत्काल सहमती भईहाल्यो’ उनले भने ‘अब मतपेटिका संकलनको काम चलिरहेको छ ।’
गोरखा क्षेत्र नम्बर २ को द वल्ड क्यापिटल माविमा शंकास्पद बस्तु भेटिएर केही समय मतदान रोकिएको र नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि मतदान भएको थियो ।
सुरक्षा टिमको सक्रियता र सबै पक्षको सहयोगले शान्तिपूर्ण मतदान भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।




