
गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईद्वारा मतदान
प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर १ मा गठबन्धबाट साझा उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईले मतदान गरेका छन् ।
गोरखाको भिमसेन थापा गाउँपालिका १ मसेल स्थित बिन्द्राबती मावि केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मतदान गर्दै उनले संविधानको रक्षा र लोकतन्त्रको असल अभ्यासले मुलुकमा जनताले चाहना गरे अनुसार परिर्वतन संभव हुने बताए ।
साथै उनले सबै नागरिकलाई मतदान प्रक्रियामा सहभागी हुन अनुरोध गरे ।




