| बुधबार, कार्तिक २५, २०८३

गोरखा कारागारमा मतदान सकियो


गोरखा कारागार अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । बिहान सातबजेदेखि सुरु भएको मतदान बिहान १० बजे सम्पन्न भएको सहायक मतदान अधिकृत युवराज अधिकारीले जानकारी दिए । सो केन्द्रमा पाँचजना(पुरुषमात्रै) कैदीबन्दी मतदाताले मतदान गरेका थिए ।

कूल ९७ जना कैदीबन्दी रहेको गोरखा कारागारमा पाँचजनाको नाम मात्र निर्वाचन आयोगबाट प्रमाणिकरण भएर आएको थियो ।


सतप्रतिशत मतदान भएकाले मतपेटिका लगायतका सामग्री निर्वाचन क्षेत्र नं. १ को कार्यालयमा ल्याउने तयारी भएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्