| मङ्लबार, कार्तिक २४, २०८३

कृष्ण धिताललाई सहयोग गर्ने घोषणा गर्दै युवा संघका पालिका सदस्य माओवादी केन्द्रमा प्रवेश

गठबन्धनबाट गोरखा क्षेत्र नम्बर १ प्रदेश क का उम्मेदवार कृष्ण धिताललाई सहयोग गर्ने घोषणा गर्दै युवा संघका सदस्य माओवादी केन्द्र प्रवेश गरेका छन् ।

शहीदलखन गाउँपालिकाका युवा संघका सदस्य साजन थापा मगरको नेतृत्वमा १८ जना युवाहरु बिहिवार माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

चुनाव आउन तीन दिनबाँकी छँदा नेकपा एमाले निकट युवा संघमा आवद्ध युवाहरुले पार्टी परित्याग गरेका हुन् । माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत रहेका गठबन्धनका तर्फबाट उम्मेदवार धिताललाई सहयोग गर्ने गरी पार्टी परित्याग गरेर माओवादी प्रवेश गरेको मगरले बताए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य अमर तमुले एक कार्यक्रमका बिच उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । । साथै ति युवाहरुले चुनावमा गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्