| मङ्लबार, कार्तिक २४, २०८३

मानव अधिकार तथा शान्ति समाजको अध्यक्षमा दुवाडी

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाले ११ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।

समाजको सभापतिमा गोमा दुवाडी, उपसभापतिमा शरद श्रेष्ठ, सचिवमा रामचन्द्र पाण्डे, सहसचिवमा साबित्री श्रेष्ठ र कोषाध्यक्षमा सुनिता कोइराला खातीलाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरूमा सिताराम तिवारी, रिता परियार, कृष्णप्रसाद दुवाडी, जनुका अधिकारी, पार्बती राना मगर, बुध्दिबहादुर खाती छन् । चारजना सदस्य मनोनयन गर्न भने बाँकी रहेको समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्