| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा गार्डेन होटल संचालक समितिको अध्यक्षमा उत्तमलाल चुके

गोरखा गार्डेन होटलको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच गोरखा होटल गार्डेनको तेस्रो अधिवेशन तथा छैठौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमाा उत्तमलाल चुके चयन भएका छन् ।

सञ्चालक समितिहरुको सदस्यहरुमा रामचन्द्र गौतम, योङकुमार श्रेष्ठ, ऋषिराम न्यौपाने, सहनलाल प्रधान, विमल कालाखेती, रामबाबु जोशी, लिकुलबाबु श्रेष्ठ र सुरेशचन्द्र अधिकारी चयन भएका छन् ।

समितिको सल्लाहकारमा बन्द्रीबहादुर मास्के चयन भएका छन । त्यस्तै, लेखा समितिको संयोजकमा सानुकाजी वन्त र सदस्यमा शित्तलकाजी मास्के चयन भएको गोरखा गार्डेन होटल प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्