| मङ्लबार, कार्तिक २४, २०८३

संविधान धरापमा परेपछि गठबन्धन गर्नुपर्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र लोकतन्त्रविरोधीहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउँमा उभिएको बताएका छन् ।

उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

गोरखा– २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका प्रचण्ड दुई दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा छन् । उनले संविधानको रक्षाका लागि वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन बनाउन बाध्य भएको दोहो¥याए ।

उनले एमाले अध्यक्ष केपी ओली पार्टी एकता, संविधान र जनताप्रति इमानदार नदेखिएको आरोप लगाए । ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो।

कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको उनको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस्