
शहीदलखनमा कात्तिक २७ गते बिदा
गोरखाका शहिदलखन गाउपालिकाले कात्तिक २७ गते आइतवार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
शहिदलखन २ र ३ मा अबस्थित नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामना माईको मन्दिरमा गुठी पञ्चमीको दिन बिशेष पुजा तथा मेला लाग्ने हुनाले गाउँपालिकाले बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।
गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै गाउँपालिका अन्तरगतका सम्पूण कार्यालय र विद्यालयमा समेत सार्वजनिक बिदा हुने पालिकाले जनाएको छ ।




