
नेवाः देय दवुको नयाँ नेतृत्व चयन
नेवा देय दवु गोरखा नगर समितिको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार स म्पन्न अधिवेशनले राहुल बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको ेहो ।
समितिको वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, महिला उपाध्यक्षमा उषा श्रेष्ठ, उपाध्यक्षमा चेतनारायण श्रेष्ठ, सचिवमा दीपक शाही र कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठलाई चयन गरिएको छ ।
सदस्यहरुमा गोविन्दमान श्रेष्ठ, वासुदेव श्रेष्ठ, भरतकुमार श्रेष्ठ, सुरेशकुमार श्रेष्ठ, चन्द्रनारायण श्रेष्ठ, गौरव मास्के, जुनुमाया श्रेष्ठ, साधाना श्रेष्ठ, कल्पना श्रेष्ठ र सीता श्रेष्ठलाई चयन गरिएको सचिव दीपक शाहीले जानकारी दिए ।




