
महिला उधमी संघ नेपाल गोरखाको दोस्रो साधारण सभा सम्पन्न
महिला उद्यमी संघ नेपाल गोरखाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । निर्माण व्यवसायी संघको हलमा शनिबार एक कार्यक्रमका बीच संस्थाको दोस्रो साधारण सभा भएको हो ।
साधारण सभामा संस्थाका सचिव सिर्जना पाण्डेले सचिवको प्रतिवेदन र सारदा खत्रीले कोषाध्यक्षको प्रतिवदेन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष रिता रेग्मी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, उपप्रमुख मसली माया थोकर, गोरखा उद्योग वाणिज्य संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठ, पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भुजेल, संस्थाका सदस्य मिनमाया रानाथापाले मन्तव्य राखेका थिए ।
महिला उद्यमी संघ नेपाल गोरखाले महिलाहरुलाई ब्यवशायीक बनाउन उद्योग, ब्यापार ब्यवशायमा प्रेरित गर्नुका साथै सिपमुलक तालिम दिएर स्वरोजगार बन्न प्रेरित गर्दै आएको छ ।




