| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा उम्मेदवारहरुले सरकारी स्रोत–साधनको प्रयोग गर्न नपाउने

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरुले चुनावी प्रसारप्रचारमा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने जिल्ला निर्वाचन सुरक्षा सम्बन्धी सर्वदलीय वैठकले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको नेतृत्वमा विहिबार बसेको जिल्ला निर्वाचन सुरक्षा सम्बन्धी सर्वदलीय वैठकले गोरखा जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारको क्रममा सरकारी स्रोतसाधनको प्रयोग गर्न नपाउने निर्णय गरेको हो ।

निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने प्रजिअ आचार्यले बताए । वैठकले मंसीर ४ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त र भयरहीत बाताबरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो तर्फबाट सकरात्मक भूमिका निर्वाह आग्रह गरिएको उनले जानकारी दिए ।

मतदानको दिनमा मतदान केन्द्रमा मतदान गर्ने मतदाताहरु बाहेक अन्य बाह्य अनाधिकृत व्यक्तिको प्रवेशमा रोक लगाउने वैठकले निर्णय गरेको छ । राजनीतिक दलहरुले निर्वाचन प्रचार प्रसारका क्रममा आयोजना गर्ने विभिन्न सभा, ¥याली लगायतका कार्यक्रमहरु स्थानीय प्रशासन प्रहरीलाई जानकारी गराएर मात्र संचालन गर्ने र कुनै स्थानमा निर्वाचन सुरक्षा खल्बलिन सक्ने गतिविधिहरु भए गरेको देखेमा तत्कालै नजिकको प्रहरी चौकी वा स्थानीय प्रशासनलाई खबर गर्ने वैठकले निर्णय गरेको छ ।

विभिन्न राजनैतिक पार्टीहरुले आ–आफ्नो कार्यक्रम संचालन गर्दा सामाजिक सद्भाव कायम राख्ने गरी मात्र गर्ने र सामाजिक सद्भाव खलबलिने किसिमका कुनै पनि अभिव्यक्ति तथा कार्यक्रमहरुको आयोजना नगर्ने समेत अनुरोध गर्ने निर्णय गरेको छ ।

स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्ने र निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ बमोजिम राजनितिक दल, उम्मेद्वार, दलको भातृ संगठन तथा सम्वन्धित व्यक्तिले जुलुस, आमसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य २०७९ कार्तिक १७ गते देखि मंसिर १ गते राती १२ः०० बजेसम्म गर्ने गर्न पाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्