
राजेन्द्र पराजुली नेपाल समाजवादी पार्टीबाट निस्काशित
नेपाल समाजवादी पार्टीका राजेन्द्र पराजुली पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशित भएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनविरुद्ध गोरखा १ को प्रदेश निर्वाचन क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेपाल समाजवादी पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको जनाएको हो ।
विहिबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सूचना जारी गर्दै पराजुलीलाई कारवाही गरेको जनाएका छन् ।
‘नेपाल समाजवादी पार्टीका संघीय परिषद सदस्य तथा गण्डकी प्रदेशका उपाध्यक्ष राजेन्द्र पराजुलीले गठबन्धनको मर्म र पार्टीको नीति विपरीत प्रदेशसभा सदस्यका लागि गोरखा क्षेत्र नं १ को ‘ख’ बाट गठबन्धन उम्मेदवारको विरुद्ध (बागी) उम्मेदवार दिएकोले पार्टीको विधान विपरीत र गठबन्धनको मर्म अनि निर्णय विरुद्ध भएकाले साथै नेपाल समाजवादी पाट गण्डकी प्रदेश कमिटीबाट कारवाहीको लागि सिफारिस भए अनुसार पार्टीबाट निष्काशित गरिएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
बाम लोकतान्त्रिक गठबन्धन विरुद्ध ने.स.पा.को प्रदेश समिति सदस्यहरुले स्वतन्त्र उम्मेदवारको प्रस्तावक र समर्थक रहेको पाएमा आ आफनो प्रदेश समितिबाट केन्द्रमा कारवाहीका लागि सिफारिस पठाउने समेत अनुरोध गरेको छ ।




