
वडा अध्यक्ष रानाको शोकमा गोरखा नगरपालिकामा सार्वजनिक विदा
गोरखा नगरपालिकामा आज सार्वजनिक विदा दिएको छ । गोरखा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष खिल बहादुर रानामगरको निधनको शोकमा नगरपालिकाले आज सार्वजनिक विदा दिएको हो ।
आइतबार बसेको नगरकार्यपालिकाको वैठकले सोमबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा सोमबार नगरपालिका मातहत रहेका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ । वडा अध्यक्ष रानाको भाइटिकाका दिन निधन भएको थियो ।




