| मङ्लबार, कार्तिक २४, २०८३

आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेट्दै प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनावी अभियानका क्रममा गोरखामा घरदैलो गर्दैछन् ।

शुक्रवार बिहान गोरखा १ को घ्याम्पेशालबाट मतदाता भेटघाट थालेका उनले आईतवार दिनभर आफ्नो निर्वाचन क्षेत्र गोरखा २ का बिभिन्न ठाउँमा पुगेर मतदाता भेट्दैछन् । शनिवार बारपाक सुलिकोट, अजिरकोट हुँदै भच्चेक बास बस्ने तय गरिएको छ भने आईतवार सिरानचोक र पालुङटारमा भेटघाट तय गरिएको माओवादी केन्द्र गोरखाका संयोजक बिष्णु भट्टले बताए ।

शनिवार बिभिन्न २३ ठाउँमा मतदाता भेट्ने कार्यक्रम तय भएको छ भने आईतवार २० ठाउँमा भेटघाट तय गरिएको छ । आईतवार साँझ भने दाहाल काठमाण्डौँ फर्कनेछन् ।

शुक्रवार धादीङको सल्यान्टार हुँदै राती गोरखाको आरुघाट आईपुगेका उनले आरुघाट, आरुटारका स्थानीय सँग भेटघाट गरेका थिए । भेटघाटका क्रममा उनले आफु गोरखा जिल्लामा आएको र आरुघाट, आरुटारमा युवाअवस्थामा अध्यापन गराउन बस्दाको छुट्टै स्मरण र आत्मियता रहेको बताए । ‘यो चुनावी कार्यक्रम भन्दा पनि भेटघाट हो, अहिले म धेरै बोल्दिन, आचारसंहिताको कुरा पनि छ’ उनले भने ‘म गोरखा आउनुमा गोरखा १ बाट गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईको पनि भुमिका छ ।’ गोरखा २ मा दाहाल उम्मेदवार छन् भने १ मा गठबन्धनबाटै नेपाली कांग्रेसका बजगाई उम्मेदवार छन् ।

दाहालले बूढीगण्डकी आयोजना निर्माण र पुर्नस्थापनामा जोड दिने, बेनिघाट लार्के सडक बिस्तार र संचालन गर्ने विषयमा पनि आफ्नो ध्यान केन्द्रित भएको बताएका थिए । गोरखाको पर्यटन र हिमाली क्षेत्रमा जडिवुटीको संभावनाका बारेमापनि आफुले ध्यान दिने उनले बताए । दाहाल शुक्रवार आरुघाट बसेर शनिवार बिहान भिमसेन थापा गाउँपालिकाको मसेलमा आयोजित कार्यक्रममा सहभागी भए । उनले त्यहाँपनि आउँदा दिनमा सबैसँग सहकार्य र समानताको ब्यवाहार गर्दै बिकास र समृद्धीको यात्रामा अघि बढ्ने बताए । भेटघाट र परिचयका लागि मात्रै अहिले आएको र ठुला सभा, सम्मेलनपछि हुने त्यहाँ धेरै कुरा राख्ने दाहालले बताएका थिए ।

दाहाल सँगै गोरखा २ को कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई पनि छन् । गोरखा २ ख का उम्मेदवार सुरेन्द्रराज पाण्डेपनि दाहालसँगै मतदाता भेटघाटमा छन् ।

प्रतिक्रिया दिनुहोस्