| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा समानुपातिक तर्फको मतपत्र आईपुग्यो

आसन्न निर्वाचनका लागि गोरखामा मतपत्र आइपुगेको छ । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनकालागि गोरखामा समानुपातिकतर्फको मतपत्र आइपुगेको हो ।

क्षेत्र नम्बर १ र २ लाई पुग्ने गरी दुवै चुनावको समानुपातिक मतपत्र आइतबार आईपुगेको निर्वाचन कार्यालयका सुचना अधिकारी रविलाल सुवेदीले बताए ।

मतपत्र सुरक्षाकर्मीको निगरानीमा टूकमा ल्याइएको थियो । आसन्न निर्वाचनका लागि गोरखामा तीनसय १७ मतदान केन्द्र र दुई सय २२ मतदान स्थल तोकिएका छन् । मतदाता शिक्षाकालागि केही पर्चा पम्पलेट पनि आईपुगेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्