
हटियाथोक पोखराथोक लिफिट्ङ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अच्छामी
गोरखा नगरपालिका वडा नं ६ मा रहेको हटियाथोक पोखराथोक लिफिट्ङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दशौ साधारण सभा एवं पाँचौ अधिवेशन सम्पन्न भएको ।
अधिवेशनबाट सोम बहादुर अच्छामीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाद लामिछाने, उपाध्यक्षमा रण बहादुर सिर्मल, महासचिवमा शिवराम भुसाल, सचिव विना पाठक र कोषाध्यक्ष पम्फा सिर्मल चयन भएका छन् ।
समितिको सदस्यहरुमा बाबुराम सिर्मल, शेरबहादुर गुरुङ, दिनेशथापामगर र कृष्ण बहादुर गुरुङ चयन भएका छन् । एक जना प्रतिनिधि वडाबाट आउने बताउदै वडालाई प्रतिनिधि पठाइदिनका लागि पत्र पठाइसकेको समितिले जनाएको छ ।




