
गोरखाको बारपाकका असई गण्डकी प्रदेशको उत्कृष्ठ प्रहरी घोषित
गोरखाको बारपाक प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) बैजनाथ लोनिया गण्डकी प्रदेशको उत्कृष्ठ प्रहरी घोषित भएका छन् ।
गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले असोज महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित गरेका हुन् ।
बारपाक चौकीमा कार्यरत लोनियाले चोरी भएको दुईवटा मोटरसाईक नियन्त्रणमा लिई सवारी धनीलाई बुझाएको, एक नाल सट गन, २४ थान गोली राउण्ड र ३५ थान गोली खोका, दुई नाल भरिया बन्दुक सहित तीन जनालाई पक्राउ गर्न सफल भएका थिए ।
उनीबाट भएको कामको उच्च मूल्याङ्कन गर्दै महिनाको सर्वोउत्कृष्ट प्रहरी छनौट कार्यविधी अनुसार पुलिस अफ द मन्थ घोषित गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




