
गोरखामा आगामी निर्वाचन तयारीका लागि छलफल वैठक सम्पन्न
गोरखामा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालयका प्रमुख र स्थानीय तहका प्रमुख,उपप्रमुखहरु बीच छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षता भएको वैठकमा सरकारी कार्यालयबाट हुने सेवाप्रवाह र विकास योजना कार्यान्वयनको विषयमा र आगामी निर्वाचनको तयारीको बारेमा छलफल भएको हो ।
वैठकमा मतदात केन्द्र सम्म जानेबाटो मर्मत गरी चाल्लु अवस्थामा राख्ने, मतदान केन्द्रमा पानी, विजुली, शौचालय र तारवारको व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ ।
कर्मचारी, शिक्षकको विवरण अद्यावधिक गर्ने, कर्मचारी, शिक्षकलाई विदामा नछोड्ने र कर्मचारी शिक्षकले दलको उम्मेदवारको पक्ष विपक्षमा मत नमाग्ने, प्रचारप्रसारमा भाग नलिने लगायतका निर्वाचन आचारसंहितको पूर्ण पालन गर्नुपर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङकत बरालले बताए ।
त्यस्तै, मनसुनको अवधिमा विग्रे भत्केका सडक, खानेपानी लगायतका पुर्वाधार मर्मत सम्भार गरी चालु अवस्थामा राख्नुपर्ने र सरकारी जग्गा र सम्पतिको अतिक्रण हुन नदिई सरक्षण गर्नुपर्ने वैठकले निर्णय गरेको छ ।




