| मङ्लबार, कार्तिक २४, २०८३

मृत्यु

रुपीनाला पासमा बाटो खन्ने क्रममा एक जनाको मृत्यु

गोरखाको प्रसिद्ध पर्यटकीय पदमार्ग मार्ग रुपीनाला पासमा बाटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

चुमनुब्री गाउँपालिका वडा नं ३ फाक्पाका २९ वर्षीय इमान गुरुङको मृत्यु भएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए। काम गर्ने क्रममा गएराती गुरुङको मृत्यु भएको हो ।

बाटो खने क्रममा क्रममा लेक लागेर मृत्यु भएको हुन सक्ने अध्यक्ष साने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्