| मङ्लबार, कार्तिक २४, २०८३

शहिदको समझना(कविता)

तडपायौं तिमी दुश्मनको पाईला, जीवन बली चढाउँदै
सिकायौं जिउदो भई जिउन, देश भक्ति जगाउँदै
भनेनौ टुहुरा होलान आफ्नो छोरा–छोरीहरु
देशभक्तीको गीत गाई, चुरा फुटाई दियौं बरु ।।

मन बुझाउन गाह्रो भयो, तिमीलाई बिर्सन नसकी
बाबा आमा भक्कानिन्छन् सधैं तिमीलाई नै सम्झी
हरेक रात याद तिम्रै, अनि झल्को तिम्रै
तिमी बिना अंधेरो छ, यो मुहार घरकै ।।


सपनीमा आई तिमी, लाई दिन्छौ मिठो प्रीती
सम्हालेर बसेकी छु, तिम्रै सुनौलो कृति
यो मनको मझेरी, तिम्रै लागि साँचेकी छु
तिम्रै यादमा आज पनि एक्लो जीवन बाँचेकी छु


मुटुमा भुकम्प उठछ्, तिम्रो ईतिहास हेरी
तिमी छैनौ तिम्रो प्यारो देश अध्यारै छ फेरी
हे वीर शहिद तिमी, करौडौ मुटुका धनी
पुर्नजन्म लेउ तिमी नेपालमा अझै पनि


तिम्रो ऋण तिरीदैन, जति गुण गाए पनि
तिम्रो कृति पग्लदैंन जत्रो भेल आए पनि
मरेर छौं जिउँदो तिमी, जिउँदो छु म मरे सरी
हे सुपुत्र नेपालका अमर रहे युगौ भरी

प्र.ह.सोम कुमारी महतो

प्रतिक्रिया दिनुहोस्