| मङ्लबार, कार्तिक २४, २०८३

एकीकरण नेपालको अध्यक्षमा मिलनसिंह बस्नेत

एकीकरण नेपालको १४ औ वार्षिक साधारण सभा तथा ५ औ अधिवेशन सम्पन्न भएको छ । गोरखा सदरमुकाममा सोमबार सम्पन्न अधिवेशनबाट संस्थाको अध्यक्षमा मिलनसिंह बस्नेत चयन भएका छन् । संस्थाको उपाध्यक्षमा सिताराम तिवारी, सचिवमा बालकृष्ण लामिछाने, सहसचिवमा यदु प्रसाद अधिकारी र कोषाध्यक्षमा दुर्गा गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा होमकुमारी बजगाई, निरज कट्टेल, गोमा कोइराला, विमला अम्गाई ढकाल चयन भएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने बालकृष्ण लामिछानेले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।
कार्यक्रममा संस्थाले नेपाल अपाङ्ग महिला संघलाई २५ हजार, हिमाली क्षेत्र विकास केन्द्रलाई २५ हजार र आप्रवासी कामदार हकहित संरक्षण संजाललाई ३५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।
उनीहरुसँगै सरकारी कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको बताएको छ ।

एकीकरण नेपालका अध्यक्ष कृष्णबहादुर कोइरालाको अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, पालुङटार नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संस्था सस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्