| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको बुढीगण्डकी प्रोक जलविद्युत चिलिमे कम्पनीले बनाउने

नेपाल विद्युत प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले बुढीगण्डकी प्रोक जलविद्युत्त परियोजनामा लगानी गर्न लगानी बोर्डसमक्ष प्रस्ताव गरेको छ ।

नदी प्रवाही रन अफ द रिभर प्रकृतिको बुढीगण्डकी प्रोक जलविद्युत्त परियोजनाको क्षमता ८१ मेगावाट रहेको छ ।
बोर्डमा लगानी स्वीकृतिका लागि पेस भएको प्रस्तावअनुसार, बुढीगण्डकी प्रोकको लागत १६ अर्ब ४५ करोड ५४ लाख रूपैयाँ रहने अनुमान छ ।
चिलिमेले लगानी गर्ने प्रस्तावसँगै करिडोरका अन्य सम्भाव्य जलविद्युत्त परियोजनाहरूमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको लगानी आकर्षित हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए ।

चिलिमेको २२१ मेगावाटको चिलिमे जलविद्युत परियोजना सञ्चालनमा रहेको छ । सो कम्पनीको अगुवाईमा विभिन्न कम्पनीहरूमार्फत अतिरिक्त १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत्त परियोजनाहरू निर्माणाधीन रहेका छन् । बुढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्