| मङ्लबार, कार्तिक २४, २०८३

चुनावमा बालबालिकालाई प्रयोग नगर्न जिल्लास्तरीय बाल क्लवको अपिल

आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न जिल्लास्तरीय बाल क्लवले अनुरोध गरेको छ । गोरखा सदरमुकाममा शनिबार बसेको क्लवको वैठकले गोरखाका जिल्लाका सबै राजनीतिक दल तथा उम्मेदवारहरुलाई चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

कानूनी हिसाबमा समेत निषेध भएकाले आउँदो निर्वाचनमा बालबालिकालाई कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न नगराउन अनुरोध गर्ने निर्णय गरेको क्लवका अध्यक्ष विशाल गुरुङले बताए । राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट लगायतका कुनै पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच जस्ता सांकेतिक सामग्रीहरु बालबालिकालाई वितरण नगर्न र विद्यालय क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार नगर्ने समेत अनुरोध गर्ने निर्णय गरिएको उनले बताए ।

वैठकले बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग नगर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै, र बाल क्लव सामाजिक संस्था, गैरसरकारी संस्था, बालगृह, अस्थायी संरक्षण सेवा तथा पुनःस्थापना केन्द्र लगायतका बालकालिका संरक्षणमा रहने स्थानहरुमा नगद वा जिन्सी वितरण गर्न अनुदान वा आर्थिक साहयता, चन्दा पुरस्कार दिन वा दिने घोषणा गर्ने कार्यहरुमा समेत प्रयोग नगर्न अनुरोध गर्ने वैठकले निर्णय गरेको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्