| मङ्लबार, कार्तिक २४, २०८३

नेपाल मगर संघ गोनपा ५ वडा समितिको अध्यक्षमा होम बहादुर थापामगर

गोरखा नगरपालिका वडा नं ५ मा नेपाल मगर संघको वडा समिति गठन भएको छ । शुक्रबार भएको वडा समितिको अधिवेशनबाट होमबहादुर थापामगरको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको सचिवमा दिलकुमारी रानामगर, कोषाध्यक्षमा थलबहादुर थापामगर, चयन भएका छन् । सदस्यहरुमा ओमकाजी थापामगर, डिलबहादुर रानामगर, भवानी थापामगर र अनु थापामगर चयन भएका छन् ।

बलबहादुर थापामगरको अध्यक्षता तथा नेपाल मगरसंघ गोरखा नगरसमितिका अध्यक्ष भरत बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगरसंघ गोरखा नगरसमितिका उपाध्यक्ष मिनबहादुर थापामगर, सचिव पुनम रानामगर, वडा सदस्य समिति थलबहादुर थापामगर लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्