
धार्चे र चुमनुब्रीमा राष्ट्रिय परिचय पत्र बनाउन टोली पठाइँदै
गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा वडावडामै राष्ट्रिय परिचय पत्र बनाउन टोली पठाईने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले १० दिनकालागि टोली पठाउन लागेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
‘दुर्गम ठाउँ भएको र जाडो बढ्दै जाँदा हिमपात हुने भएकाले अहिले पठाउन लागिएको हो’ प्रजिअ आचार्यले भने ‘दुईदिनमा यहाँबाट परिचय पत्र बनाउन टोली जानेछ ।’ चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबासमा दुईवटा स्टेशन र धार्चे गाउँपालिकाको सात वटा वडा सबैमा दुई÷दुईवटा स्टेशन रहनेछ ।
चुमनुब्री गाउँपालिकाका मानिसलाई जिल्ला प्रशासन कार्यालय गोरखामा पनि परिचय पत्र बनाउन मिल्ने ब्यवस्था गरिएको छ । ‘त्यहाँका अधिकासं मानिस बाहिर बस्नुहुन्छ, सबैलाई परिचय पत्र बनाउन गाउँमै जानु भन्दा दुःख हुने भएपछि हामीले यहाँबाट पनि सेवा दिएका छौँ’ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने ।
चुमनुब्री गाउँपालिकाका स्थानीयले जिल्ला प्रशासनमा राष्टिूय परिचय पत्र बनाउन आउँदा पालो समेत कुर्नु पर्दैन । गाउँपालिकाको केन्द्र र जिल्ला प्रशासन दुबै ठाउँबाट सेवा दिइएकाले वडा÷वडामा नलगिएको प्रशासनले जनाएको छ । त्यहाँ जनसंख्या पनि कम छ ।
धार्चे गाउँपालिकाबासीलाई वडा/वडामा पुगेर परिचय पत्र बनाउन प्रशासनले आग्रह गरेको छ । चुमनुब्री गाउँपालिकाबासीलाई जिल्ला प्रशासन र गाउँपालिकाको केन्द्र सिर्दिबास जहाँ सहज हुन्छ त्यहाँ बनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
अहिले भिमसेन थापा गाउँपालिका मा राष्टिूय परिचय पत्र बनाउन काम भईरहेको छ । गोरखा नगरपालिका, पालुङटार, सिरानचोक, अजिरकोटमा सकिसकेको सहायक प्रजिअ बरालले बताए । धार्चे, चुमनुब्री सहित गण्डकी, शहीद लखन, आरुघाट र बारपाक सुलिकोट गाउँपालिकामा राष्टिूय परिचय पत्र बनाउन बाँकी छ ।
धार्चे र चुमनुब्रीमा टोली पठाएलगत्तै बारपाक सुलिकोटमा पठाउने तयारी भएको सहायक प्रजिअ बरालले बताए । जिल्ला प्रशासन कार्यालयले गाउँपालिकासँगको समन्वयमा पालिकामा टोली परिचालन गर्दै आएको छ ।




