| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा प्रहरीद्धारा सिमजुङबाट १९ थान सालको काठ बरामद

गोरखा प्रहरीले १९ थान सालको काठ बरामद गरेको छ ।

अजिरकोट गाउँपालिका ४ सिम्जुङ पोखरीडाँडाबाट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।


सालको काठ लुकाईछिपाई राखिएको भन्ने गोप्य सुचनका आधारमा खोजतलास गर्दा सालको गोलिया भेटिएको प्रहरीले जनाएको छ । कसलाई काठ राखेको भन्ने बारे खोजी भईरहेको छ ।


प्रहरीले बरामद काठ डिभिजन बन कार्यालय गोरखालाई बुझाइएको डिएसपी लामिछाने बताए ।

प्रतिक्रिया दिनुहोस्