
नेपाल वृद्धिजीवी परिषद् गोरखाको शुभकामना अदान प्रदान
बिजयी दशमी, दिपावली, नेपाल संवत, छठ, ल्होसार लगायत पर्वको अवसरमा नेपाल वृद्धिजीवी परिषद गोरखाले शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ । परिषद्का जिल्ला अध्यक्ष रमेश अधिकारीको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रिय सदस्य एवं संगठन बिभाग सचिव सम्झना देवकोटको प्रमुख आथित्यतामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य बाबुराम थापा, पार्वती पाठक, जिल्ला सचिव काजिराम रोका, गोरखा नगरपालिका अध्यक्ष देबीबहादुर बस्नेत, वडा नम्बर ५ का वडा अध्यक्ष खिलबहादुर राना, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष राजन कट्टेल, चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा लगायतले शुझकामना मन्तब्य राखेका थिए ।




