| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा प्रशासनको यातायात सुरक्षा योजना : सिटमा मात्रै यात्रु, धेरै भाडा लिनेलाई कारवाही

जिल्ला प्रशासन कार्यालय गोरखाले चाडवाड लक्षित यातायात सुरक्षा योजना बनाएको छ । आईतवार जिल्ला स्थित यातायात समितिको बैठक बसेर सरोकारवालाको उपस्थितिमा सवारी साधनलाई ब्यवस्थित रुपमा संचालन गर्न बिभिन्न निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

सिट भन्दाबढि यात्रु नचढाउने, दशैँ, तिहार लगायत चाडबाडको समयमा सवारी साधन अभाव भएको मौका छोपेर बढी भाडा लिनेलाई कारवाही गर्ने निर्णय भएको छ । यसअघि पनि खचाखच यात्रु बोक्ने, धेरै भाडा लिने गुनासो यात्रुबाट आएकाले यस पटक यातायात ब्यवशायी, चालक, सह चालकलाई पहिल्यै सचेत गराइएको छ ।

सवारी साधनको अवस्था चेकजाँच गरेर मात्रै संचालन गर्ने, यात्रु र यात्रुको सामानको सुरक्षामा ध्यान दिने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने, सवारी अनुशासन कायम गराउन ट्राफिक प्रहरीले चेकजाँचलाई तिब्रता दिने, छतमा, झुण्डिएर यात्रा नगराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

सवारी साधनमा सबैले देख्ने गरी भाडादर टाँस गर्नुपर्ने, कानुन उलंघन गरेको पाइएमा कारवाही गर्ने समेत निर्णय भएको छ ।
यातायात ब्यवशायी कम्पनी, नागरिक समाज, सरोकारवाला कार्यालय सहितको उपस्थितिमा भएको उक्त निर्णयहरु कार्यान्वयन भए नभएको पनि अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्