| मङ्लबार, कार्तिक २४, २०८३

तीनचापे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष थापामगर

तिनचापे लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा कृष्णजी थापामगर चयन भएका छन् । गोरखा नगरपालिका वडा नं ५ स्थित पश्चिमकालीमा भएको उपभोक्ता समितिको प्रथम साधारण सभा तथा अधिवेशनबाट थापामगर अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

उपभोक्ता समितिको उपाध्यक्षमा लिला माया राना, सचिवमा श्याम आलेमगर, सहसचिवमा भिसु राम रोका र कोषाध्यक्ष भाइकाजी श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यहरुमा गोकर्णपोखरेल, राम बहादुर थापा, कुमार राना, कमल बहादुर कोइराला, हरिबहादुर रोका, मैना रोका, भोलाबहादुर थापा र तिल कुमारी राना चयन भएका छन् ।

तीनचापे फिफ्टिङ खानेपानीमा पाँचसय ६४ घरधुरी लाभान्वित भइरहेको समितिले बताइएको छ ।
रामकुमार थापामगरको अध्यक्षता तथा खानेपानी डिभिजन कार्यालय गोरखाका प्रमुख किरण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोनपा वडा नं ५ का वडाअध्यक्ष खिल बहादुर राना, वडा न. ७ का वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, छानपिन कार्यदलका सदस्य काजीराम रोका, भाइकाजी श्रेष्ठ, नगरपालिकाको कार्यपालिका सदस्य राम बहादुर रम्तेल, सिता मग्रराती, धुव्र बाबु आचार्य, शारदा भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्