| मङ्लबार, कार्तिक २४, २०८३

पालिका अध्यक्षमा माओवादीको भोट धेरै, वडाअध्यक्षमा कांग्रेसको

गत वैशाख ३० मा सम्पन्न गोरखाको स्थानीय तहको चुनावमा पालिका अध्यक्षको कूल मत जोड्दा माओवादीको सबैभन्दा अगाडि छ, वडाअध्यक्षहरुको मत जोड्दा भने कांग्रेसको मत सबैभन्दा धेरै छ ।
११ वटा पालिका अध्यक्षहरुको मत जोड्दा माओवादीको सबैभन्दा धेरै ५२,४६६ छ भने कांग्रेसको ४८,७३७ रहेको छ । तेस्रो धेरै मत एमालेको २०,७८५ रहेको छ ।

त्यस्तै वडाअध्यक्षहरुको कूल मतमध्य कांग्रेसको सबैभन्दा धेरै ४८,२२८ छ भने माओवादीको ४७,६१७ रहेको छ । त्यस्तै एमालेको १७,०१३ मत रहेको छ ।

गोरखा नगरपालिकाको मेयरमा माओवादीको मत ८,९६४, कांग्रेसको ७,१०८ र एमालेको ४,९०९ मत रहेको छ । त्यस्तै यहाँ वडाअध्यक्षहरुमा सबैभन्दा धेरै कांग्रेसको ८,०७६, माओवादीको ६,००९ र एमालेको ५,०९१ रहेको छ । त्यस्तै पालुङटार नगरपालिकामा मेयरमा सबैभन्दा धेरै माओवादीको ६,०७२, कांग्रेसको ४,९९७ र एमालेको ९,४१ मत रहेको छ । वडाअध्यक्षहरुमा सबैभन्दा धेरै माओवादीकै ५,३६८, कांग्रेसको ४,१८९ र एमालेको ३,००२ रहेको छ ।

त्यस्तै सिरानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसको सबैभन्दा धेरै ४,१६८, माओवादीको ४,४३२ र एमालेको ३,१६७ मत रहेको छ । वडाअध्यक्षहरुमा पनि कांग्रेसको सबैभन्दा धेरै ४,८७७, माओवादीको ३,८०५, र एमालेको १,५४५ मत रहेको छ । त्यस्तै अजीरकोटको गाउँपालिका अध्यक्षहरुमा सबैभन्दा धेरै माओवादीको ३,७८७, कांग्रेसको ३,२८९ र एमालेको जम्मा ३५५ मत रहेको छ । वडाअध्यक्षहरुमा माओवादीको ३,४५७ र कांग्रेसको ३,४४६ मत रहेको छ ।

त्यस्तै बारपाक सुलीकोटको अध्यक्षमा सबैभन्दा धेरै माओवादीको ५,७१७, कांग्रेसको ४,८६४ र एमालेको जम्मा ५२२ मत रहेको छ । वडाअध्यक्षहरुमा माओवादीकै सबैभन्दा धेरै ५६८७, कांग्रेसको ४,३३३ र एमालेको जम्मा ८७४ मत रहेको छ । धार्चेको अध्यक्षमा माओवादीको सबैभन्दा धेरै ३,७७१, कांग्रेसको १,९४६ र एमालेको १,५१४ मत रहेको छ । वडाअध्यक्षहरुमा माओवादीकै सबैभन्दा धेरै ३,३२३, कांग्रेसको १,९४६ र एमालेको १,५१५ मत रहेको छ ।

चुमनुब्री गाउँपालिकाको अध्यक्षमा सबैभन्दा धेरै माओवादीको १,६२४, कांग्रेसको १,३११ र एमालेको जम्मा ७१ मत रहेको छ । वडाअध्यक्षहरुमा सबैभन्दा धेरै कांग्रेसको १,२९५, माओवादीको १२८४ र एमालेको जम्मा ५९ मत रहेको छ । आरुघाट गाउँपालिकाको अध्यक्षहरुमा सबैभन्दा धेरै कांग्रेसको ५,५५६, दोस्रो धेरै एमालेको ४,८३३ र माओवादीको जम्मा ९१० मत रहेको छ । वडाअध्यक्षहरुमा पनि कांग्रेसकै सबैभन्दा धेरै ५,१६७, एमालेको ३,८४० र माओवादीको जम्मा १,८४३ मत रहेको छ ।

त्यस्तै भीमसेनथापा गाउँपालिकाको अध्यक्षमा सबैभन्दा धेरै माओवादीको ५,६५१, कांग्रेसको ५,१७६ र एमालेको जम्मा ८१६ मत रहेको छ । वडाअध्यक्षहरुमा सबैभन्दा धेरै माओवादीकै ४,९३९, कांग्रेसको ४,७९७ र एमालेको जम्मा ८१६ मत रहेको छ । सहिदलखन गाउँपालिकाको अध्यक्षमा माओवादीको सबैभन्दा धेरै ५,४७४, कांग्रेसको ४,४३२ र एमालेको ४,११७ मत रहेको । वडाअध्यक्षहरुमा माओवादीकै सबैभन्दा धेरै ५,८५९, कांग्रेसको ४,९७७ र एमालेको ३,१६७ मत रहेको छ ।

गण्डकी गाउँपालिकाको अध्यक्ष पदमा सबैभन्दा धेरै माओवादीको ६,३२६, कांग्रेसको ४,६५५ र एमालेको १,१६२ मत रहेको छ । वडाअध्यक्षहरुमा सबैभन्दा धेरै माओवादीको ६,०४३, कांग्रेसको ४,६८९ र एमालेको १,१७१ मत रहेको छ । स्थानीय तह चुनावमा आवश्यकता र सन्दर्भ हेरी सत्ता गठबन्धन दल वा गठबन्धनका दल बाहिरका दलसित पनि चुनावी गठबन्धन भएको छ । जसले गर्दा पालिकाको अध्यक्षको मत भन्दा वडाअध्यक्षहरुको मतका आधारमा जम्मा मतदाताको अनुमान गर्न सजिलो पर्छ ।

प्रतिक्रिया दिनुहोस्