| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा १९ सय जना म्यादी प्रहरीका लागि २८७५ जनाको आवेदन

आउँदो मंसीरमा हुने निर्वाचनका लागि गोरखामा म्यादी प्रहरीको छनौट प्रक्रिया सुरु गरिएको छ । आवेदन दिएका २९ सय जनाको छनौट प्रक्रिया आउँदो नौगतेदेखि सुरु गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिब एक हजार नौ सय म्यादी प्रहरी आवश्यक पर्ने अनुमान जिल्ला प्रहरी कार्यालय गोरखाको छ । बिहिवार अन्तिम समयसम्म दुई हजार आठ सय ७५ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका थिए ।

यसअघि स्थानीय निर्वाचनमा एक हजार सात सय ७२ जना म्यादी प्रहरी गोरखामा भर्ना भएका थिए । अहिले मतदान स्थल थप भएकाले संख्या थप हुन सक्ने जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

आवेदन दिएकाहरुको छनौट प्रक्रिया असोज ९ देखि १४ गतेसम्म गोरखा नगरपालिका १० मझुवामा हुनेछ । छनौटमा परेकाहरुको तालिम असोज २९ गतेदेखि हुने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्