
पालुङटारको बिकासमा एकजुट होऔँ : कांग्रेस नेता पाण्डे
नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले पालुङटारको विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । दोस्रो लिगलिग पालुङटार महोत्सवको उद्घाटनका क्रममा उनले बिचार र आस्थाका आधारमा नभई समग्र पालुङारको बिकासकालागि सबै राजनीतिक दल, स्थानीय नागरिक एकजुट हुनुपर्ने बताए ।
पर्यटन, कृषि, औद्योगिक बिकासमा पालुङटारको सम्भाबना अत्याधिक रहेको बताउँदै उनले भने ‘हामी प्राकृतिक रुपमा सम्पन्न छौँ तर हाम्रो मेहनत कम भयो ।’ देश भित्र र बाहिर पनि प्रचार प्रसार गर्न यहाँको ऐतिहासिक धार्मिक महत्वलाई जोगाउन स्थानीय सरकार लाग्नुपर्नेमा उनले जोड दिए । साथै उनले पालुङटार र लिगलिगको पहिचान जोड्नेगरी पालुङटार लिगलिग नगरपालिका नामाकारण गर्न सुझाब दिए ।
मेला महोत्सवले पालुङटार क्षेत्रको ब्यापार ब्यवशाय प्रर्वद्धन गर्न, आन्तरिक पर्यटन बढाउन मद्धत पुग्ने भन्दै उनले स्थानीय उत्पादनलाई बढाउन सुझाब दिए । पालुङटार क्षेत्रमा विकास जति हुनुपर्ने हो त्यो अनुसार हुन नसकेको बताउँदै उनले अर्थमन्त्री जनादर्न शर्मालाई त्यस क्षेत्रको बिकासका लागि विषेश ध्यान दिनु अनुरोध गरे ।




