
गोनपा २ मा नेपाल मगरसंघको अध्यक्ष नोखबहादुर थापामगर
गोरखा नगरपालिका वडा नं २ ताप्ले कोखेमा नेपाल मगरसंघको वडा कार्यसमिति गठन भएको छ । शनिबार भएको वडास्तरीय दोस्रो अधिवेशनबाट नोखबहादुर थापामगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा मेखबहादुर थापामगर, सचिवमा शंकरबहादुर थापामगर, सहसचिवमा रत्नज्ञान थापामगर, कोषाध्यक्षमा निर्मला थापामगर, सहकोषाध्यक्ष लक्ष्मी थापामगर चयन भएका छन् । सदस्यहरुमा गोकुल रानामगर, सुर्यबहादुर थापामगर, डालमाया थापामगर, अम्मर आले र तारा थापामर चयन भएका छन् ।
कार्यक्रम नेपाल मगरसंघ जिल्ला समन्वय समिति सदस्य उषा थापामगरले कार्यक्रमलाई सहजीकरण गरेको थिए ।
नोख बहादुर थापामगर अध्यक्षता तथा नेपाल मगरसंघ जिल्ला समन्वय समितिका कोषाध्यक्ष शंकर बहादुर थापामगरका प्रमुख आतिथ्यता तथा नेपाल मंगरसंघ गोरखा नगर अध्यक्ष भरतबहादुर रानामगर विशेष आतिथ्यतामा कार्यत्रम सम्पन्न भएको हो ।




