| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका दुर्गमबासीलाई कादुरीको विजुली वरदान

शिव उप्रेती

त्यतिबेला जिल्ला विकास समितिको कार्यालयमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र नामकको कार्यक्रम थियो । त्यसले गाउँगाउँमा लघु जलविद्युत उत्पादन गर्ने नाममा स्थानीयबासीको लालपूर्जा संकलन गथ्र्यो तर काम भने बर्षौँसम्म पनि सुरु नगर्दा स्थानीय आजित थिए । बारम्बारको त्यस भोगाइबाट उनीहरुमा एउटा उक्ति निर्माण भएको थियो, ‘वैकल्पिक उर्जा लैजाऊ जनताको पूर्जा, कादुरी आऊ विजुली बनाऊ ।’

सदरमुकामबाहेक सुगम मानिने तल्लो भेगमा पनि विद्युत प्राधिकरणले लाइन विस्तार गरेको थिएन । अधिकांश गाउँबस्ती टुकी बत्तीकै भरमा थिए । तल्लो भेगमा विजुली नबल्दै गोरखाका चुमनुब्री, धार्चे गाउँपालिकाका विभिन्न दूरदराजका गाउँहरुमा विजुली बत्ती बलेका थिए । मोटरबाटो नपुगेकाले ती भूभागलाई अहिले पनि दुर्गम मानिन्छ, तर विजुली बत्ती भने सबै गाउँमा भिलिमिली छ ।
दुर्गमका ती गाउँबस्तीका झुपडीमा विजुली बत्ती बल्नुमा कादुरी नाम सामाजिक संस्थाको योगदान छ ।

यसले गोरखाका विशेष गरी चुमनुब्री, धार्चे गाउँपालिकाका छ हजार पाँचसय ८२ घरधुरीमा विजुली बत्ती बालेको छ । त्यहाँका ३३ हजार आठसय २९ जनाले विजुली बत्तीबाट लाभ लिन पाएका कादुरीको तथ्यांकमा उल्लेख छ ।

कादुरीले गोरखाका दुर्गम भेगका साना ठूला गरी २० ठाउँमा लघु जलविद्युत आयोजना सञ्चालन गरेको छ । १० ठाउँमा सुधारिएको विद्युतीय मिल सञ्चालन गरेको कादुरीका प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङले जानकारी दिए । ‘२०५७ सालमा धार्चे ६ काशिगाउँ चामखर्कमा ७ किलोवाट क्षमताको विद्युत उत्पादन गरेर वितरण गरेको थियो । त्यही बर्ष काशिगाउँका लागि १५ किलोवाट क्षमताको अर्को लघुजलविद्युत आयोजना सञ्चालन ग¥यो’, गुरुङले भने, ‘लगत्तै २०५९ सालमा अजीरकोट गाउँपालिकामा २६ किलोवाटको सुंगुरेखोला लघु जलविद्युत आयोजना सञ्चालन गरियो ।

सोही बर्ष धार्चे ६ काशिगाउँमै २६ किलोवाटको छेटरखोला लघु जलविद्युत आयोजना निर्माण ग¥यौँ ।’ २०५९ मै अजीरकोट गाउँपालिका ३ मा १५ किलोवाटको बुधसिङ लघुजलविद्युत आयोजना सञ्चालन गरेको उनले बताए ।
२०६५ सालमा चुमनुब्री गाउँपालिका ३ मा जगत लघुजलविद्युत आयोजना सञ्चालन भयो । सोही बर्ष चुमनुब्री गाउँपालिका ६ मा १५ किलोवाटको चुम्लिङ लघुजलविद्युत आयोजना निर्माण भएको उनले बताए ।

त्यस्तै २०६७ सालमा कादुरीले चुमनुब्री ७ छेकम्पारमा ३५ किलोवाटको लार लघु जलविद्युत आयोजना निर्माण सम्पन्न ग¥यो भने २०७० सालमा सो विद्युत लारबाट पाङदुन गाउँमा विस्तार ग¥यो । त्यसपछि सोही आयोजनाबाट उत्पादित विद्युत बुर्जी गाउँमा पनि विस्तार ग¥यो ।

‘कादुरीले २०६७ सालमा ९० किलोवाटको छोटेखोला जघु जलविद्युत आयोजना निर्माण ग¥यो’, कादुरीका प्राविधिक निर्देशक डाक्टर गुरुङले भने, ‘२०५८ सालमा चुमनुब्री ७ मा २४ किलोवाटको निले लघु जलविद्युत आयोजना सञ्चालन ग¥यो । २०६८ सालमा धार्चे १ मा १५ किलोवाटको हुल्चुक लघुजलविद्युत आयोजना निर्माण गरियो ।’ सोही बर्ष धार्चे २ रुञ्चेतमा १०० किलोवाटको रुञ्चेतखोला लघु जलविद्युत आयोजना निर्माण ग¥यो । यसबाट केरौँजा र रुञ्चेतका गरी ५४८ घरधुरीका बासिन्दा लाभान्वित रहेका उनले बताए ।

त्यस्तै कादुरीले २०६९ सालमा बारपाक सुलीकोट २ मा १५ किलोवाटको दुम्सिका लघु जलविद्युत आयोजना सञ्चालन ग¥यो । २०७० सालमा धार्चे गाउँपालिका वडा नं. ५ मा ४५ किलोवाटको बिही जलविद्युत आयोजना सञ्चालन भयो । ‘२०७१ सालमा चुमनुब्री ३ मा १५० किलोवाटको सिर्दिबास उहिया साना जलविद्युत आयोजनाको सञ्चालन ग¥यौँ’, डाक्टर गुरुङले भने, ‘२०७४ सालमा सो विद्युत उहियाका ४६८ घरधुरीमा विस्तार गरियो । सोही विद्युत न्याकका ७८ घरधुरीमा विस्तार ग¥यौँ ।’

त्यस्तै कादुरीले २०७४ मै चुमनुब्री ७ मा १०० किलोवाटको छेकम्पार साना जलविद्युत आयोजना निर्माण ग¥यो । त्यसलाई २०७८ मा छुलेको ४८ घरमा विस्तार गरियो । ‘२०७७ मा चुमनुब्री १ मा १०० किलोवाटको सामागाउँ साना जलविद्युत आयोजना निर्माण गरियो’, कादुरीका प्राविधिक निर्देश गुरुङले भने, ‘सोही बर्ष हामीले चुमनुब्री २ मा ८० किलोवाटको ल्हो लघुजलविद्युत आयोजना सञ्चालन ग¥यौँ । २०७८ मा चुमनुब्री ४ मा ८० किलोवाटकै प्रोक लघुजलविद्युत आयोजना र यही बर्ष चुमनुब्री गाउँपालिका ६ मा ७० किलोवाटको चुम्चेत, चुम्लिङ लघुजलविद्युत आयोजना निर्माण सम्पन्न ग¥यौँ ।’

कादुरीले काशिगाउँका तीन ठाउँमा सुधारिएको विद्युतीय मिल निर्माण गरेको छ भने रुञ्चेत, हुल्चुक, चुम्लिङ, दुम्सिका, जगत, बिही र सिर्दिबास फिलिममा पनि सुधारिएको विद्युतीय मिल निर्माण गरी स्थानीयबासीलाई हस्तान्तरण गरेको छ ।

कादुरीले गोरखाको दुर्गम भेगका बासिन्दाका लागि विजुली र सुधारिएको विद्युतीय मिलका लागि ८० करोड, ३९ लाख ८९ हजार ८१९ रुपैयाँ खर्च गरेको छ । ‘अब चुमनुब्री १ को साम्दो गाउँ र चुमनुब्री ५ को ड्याङ गाउँका लागि विद्युत उत्पादन गरेपछि सो गाउँपालिकाको सबै गाउँमा विद्युत बाल्न सफल हुनेछौँ’, कादुरीका प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङले भने, ‘त्यहाँ पनि हामी केही बर्षभित्रै निर्माण सम्पन्न गरेर बत्ती बाल्ने तयारीमा छौँ ।’

दुर्गममा सबै ठाउँमा विद्युत उत्पादन गरेर सेवा गरेको कादुरीलाई त्यहाँका स्थानीयबासीले दुर्गमबासीलाई उज्यालो दिने संस्थाका रुपमा प्रसंसा गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्