| सोमवार, साउन १०, २०८३

चमत्कारि घोषणा पत्र

प्रदेश र सघ को चुनाब ले देस नै ताति रहेको अबस्था छ । राजनितिक दल हरु चुनाब को घोषना पत्र कसरि चमत्कारि बनाउने भनेर नेपाली सब्दकोश पल््टायर भ्याइनभ्याइ छ । सडक को दुर्गन्धमा आफ्नो बच्चाकोे भबिष्य खोजेर ठेला धकिलीरहेकी बुढि आमा पनि पहिलाको चुनाब जस्तै अहिले पनि उज्यालो भबिष्य को सानो आशाको त्यानन्द्रो बाँकी राख्दै घोषना पत्र सुन्न आतुर छिन । भलै उनको आखामा जुन दलले जितेपनि जुन नेताले जिते पनि हामि गरिबलाइ यहि ठेलाको दुख त हो नि भन्ने भाव प्रस्ट देखिन्छ ।

म आफु गाउ मै जन्मेको हुर्केको भोगेको कारण आज गाउँकै घोषना पत्रको बारेमा कुरा गर्न चाहन्छु । बास्तवमा गाउमा चमत्कारि काम गर्न सक्ने कुरै छैन । धेरै सपना देखाउदा जनताले धेरै भ्हउभअतबतष्यल राक्छन, अनि ५ बर्ष पछि यो नेता नि येस्तै त रैछ नि भन्ने ट्याग भिराउछन । तेसैले सम्भव हुने कुरा मात्र समेटेर घोषणा पत्र बनाऔ ।

न त गाउ मा केबल कार बनाउन सक्छौ, न सहरको मान्छे फर्काउन, न त पर्यटकको बाढि ल्याउन सक्छौ, नत साउदी गएका पल्ला घरे रामे दाइ लाइ घर फर्किएर कृषि क्रान्ति नै गर्न सक्छौ । जिल्लाको राजनितिक नेतृत्व र स्थानीय सरकारले चाहेर पनि गाउ मा चमत्कारी काम गर्न सक्दैन, किनभने

१ सिमित स्रोत साधन
२ सिमित पुँजी
३ झन्झटिलो प्रव्रिmया
४ ठेकदारको दादागिरि
५ हैकामि कर्मचारीतन्त्र
६ भौगोलिक बिकटता

सामन्य कुरा जस्ले जनताको प्रत्येक दिन चर्यासङ सम्बन्ध राक्छ, जिबन यापन सहज बनाउछ, सरकार पनि छ है भन्ने अनुभुति गराउछ, त्यो कुरा मा ध्यान दिएर सकारात्मक रचनात्मक योजनाहरु बनाएर लैजान सकियो भने मात्र दिर्घ कालिन रुपमा कुनै पनि राजनितिक दल सफल हुन्छ ।

गर्न सक्ने क्षेत्रहरु
१ घर घरमा सफा खाने पानी
२ घर घरमा २४ घन्टा बिजुलि
३ आधारभुत स्वस्थ्य सेवा
४गुणस्तरिय शिक्षा
५सके सम्म मोटर बाटोको बेबस्था
६ चर्काे मुल्यबृद्धिको नियन्त्रण
७ प्रदुशन नियन्त्रण
८ शान्ति र सुशासन र चुस्त पशासन
९ भ्रष्टचार मा सुन्य सहनशीलता
१० स्वस्थ्य शिक्षा र कृषिमा राजनितिक बिभेदको अन्त्य
११ प्राकृतिक सम्पदा को समरक्षण
१२ बेरोजगारीको बेबस्थापन
लेखक : डाक्टर शिशिर देवकोटा

प्रतिक्रिया दिनुहोस्