| बुधबार, कार्तिक २५, २०८३

वाईसिएलको केन्द्रिय कमिटिमा दुई सचिवसहित गोरखाका दश जना

योङ कम्यूनिष्ट लिग (वाईसिएल) नेपालको केन्द्रीय कमिटिमा गोरखाका दुईजना सचिवसहित दश जना केन्द्रीय समितिमा समेटिएका छन् ।

बुङ्कोटका प्रेम श्रेष्ठ र गोरखा नगरपालिका १० का सुदीप नगरकोटी केन्द्रीय सचिव भएका छन् ।


त्यस्तै धिरज उपरकोटी, गुणराज खनाल, सनील परियार, रिना थापा मगर, लक्ष्मी रम्तेल, सागर श्रेष्ठ, सुनील थापा मगर र विनोद काप्री केन्द्रीय समिति सदस्यमा चयन भएका छन् ।


वाईसीएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट कार्यसमिति चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्