| बुधबार, कार्तिक २५, २०८३

महिला संघ गोरखाद्वारा सम्मान तथा शुभकामना आदानप्रदान

नेपाल महिला संघको ७५ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित हरितालिक तीज कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघ जिल्ला कार्य समिति गोरखाको आयोजनामा नेपाली काँग्रेसको पार्टी कार्यालयमा विहिबार कार्यक्रममा भएको हो ।


कार्यक्रममा नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । सिरानचोक, आरुघाट गाउँपालिकाका पालिका प्रमुख र उपप्रमुख, भिमसेन, गण्डकी र गोरखा नगरपालिका उपप्रमुख, वडा अध्यक्ष लगायतलाई सम्मान गरिएको महिला संघिका सचिव पुष्पादेवी श्रेष्ठले बताईन ।

कार्यक्रममा अधिकाशं वक्ताहरुले महिलाहरुले प्राप्त गरेको अधिकार सहि ढंङ्गाले प्रयोग गर्नुपर्ने, नेतृत्व लिन पार्टी भित्र दबाव सिर्जना गर्नुपर्ने धारणा राखेका थिए ।
साथै कार्यक्रममा हरितालिक तीज अवसरमा दर खुवाउनका साथै नाचगाँन समेत भएको थियो ।

नेपाल महिला संघ गोरखाका सभापति मन कुमारी गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसको केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डको प्रमुख आतिथ्यता भएको कार्यक्रममा केन्द्रिय सदस्य अब्दुल सत्तार, नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपाने, महिला संघकी नेतृ रविकला खनाल, महाधिवेशन प्रतिनिधि कमला लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्