
गोरखा क्षेत्र नम्बर २ कांग्रेसले पाउनुपर्छ : केन्द्रिय सदस्य सतार
नेपाली कांग्रेस केन्द्रिय सदस्य अब्दुल सतारले गोरखा क्षेत्र नम्बर २ यसको संघिय क्षेत्र यस पटक कांग्रेसले पाउनुपर्ने बताएका छन् । गठबन्धन दलहरु बिच सिट बाँडफाँडका क्रममा गोरखा २ कांग्रेसले पाउनुपर्नेमा उनले जोड दिए ।
‘उम्मेदवार को हुने भन्ने पार्टीको निर्णय अनुसार होला तर गोरखा २ गत निर्वाचनमा कांग्रेसको उम्मेदवार नभएकाले पनि यस पटक हामीले पाउनुपर्छ’ उनले भने ।
गठबन्धनको निर्णय अनुसार अघि बढ्ने बताउँदै थपे ‘गठबन्धन हुँदा गोरखा क्षेत्र नम्बर २ यो पटक कांग्रेसले नै पाउनुपर्छ ।’ साथै उनले उम्मेदवार बन्ने चाहना र दावी स्वभाविक भएको बताए । ‘पार्टीको निर्णय मानेर अघि बढ्छौँ’ उनले भने ।
प्रदेशमा भने उम्मेदवार बन्ने चाहना आफ्नो नरहेको उनले प्रष्ट्याए । केन्द्रिय आवस्यकता अनुसार गठबन्धन भएको बताउँदै उनले कार्यदलको निणर्य आउन बाँकीरहेकाले कसरी अघि बढ्ने भन्ने यकिन नभएको उनले बताए ।




