| बुधबार, कार्तिक २५, २०८३

बूढीगण्डकी र मस्र्याङ्दी आसपास अत्याधिक वर्षातको संकेत, सतर्क रहन आग्रह

गोरखाको बूढीगण्डकी नदी र मस्र्याङ्दी नदी आसपास क्षेत्रका सर्वसाधारणलाई सचेत रहेन जल तथा मौसम बिज्ञान बिभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


बूढीगण्डकीको आरुघाट क्षेत्र र मस्र्याङ्दीको बिमलनगर क्षेत्रमा बुधवार रातीदेखि बिहिवार सम्म उल्लेख्य पानी पर्ने खतरा रहेकाले सचेत रहन भनिएको हो ।


गण्डकी प्रदेशमा पानी पर्ने भएकाले केही नदीमा आकस्मिक पानीको बाहव बढ्ने खतरा रहेको महाशाखाले जनाएको छ । तीन दिनको मौसम पुर्वानुमान गर्दै महाशाखाले यस्तो जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्