
जसपा गोरखाको जिल्ला समिति पुनर्गठन गर्न भेला आयोजक समिति गठन
जनता समाजवादी पार्टी नेपाल गोरखा जिल्ला समिति पुनर्गठन हुने भएको छ ।
पार्टी पुनर्गठन गर्नका लागि यानप्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरिएको छ ।
मंगलवारको बैठकले जिल्ला मातहतका सबै निकाय र समिति स्वतः भेला आयोजक समिति तथा रुपान्तरण भएको निर्णय गरिएको भेला आयोजक समितिका संयोजक यानप्रसाद भट्टले बताए ।




