| बुधबार, कार्तिक २५, २०८३

गोरखामा घरेलु हिंसाको उजुरी बढ्यो

गोरखामा घरेलु हिंसाका घटना बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको तीन वर्षीय तथ्यांकअनुसार जिल्लामा घरेलु हिंसाका घटना बढेका हुन् ।

गोरखामा २०७६/०७७ मा एकसय २६ वटा घरेलु हिंसा सम्बन्धी निवेदन दर्ता भएका थिए । तीमध्य ८० वटा घटना मिलापत्र भएका छन् भने ४५ वटा अन्य निकायमा पठाएको र एक पछ्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


२०७७\०७८ मा गोरखामा एकसय २८ वटा घरेलु हिंसाको उजुरी दर्ता भएका छन् । तीमध्य ८२ वटा घटनाको मिलापत्र गराएको र ४६ वटा घटना अन्य निकायमा पठाएको जनाएको छ ।
यस्तै, अघिल्लो दुई वर्षको तुलनामा २०७८\०७९ मा गोरखामा घरेलु हिंसाका घटना बढेको छ । ०७८\०७९ मा गोरखामा घरेलु हिंसा सम्बन्धी एकसय ३३ वटा उजुरी दर्ता भएका छन् ।

तीमध्य ६४ वटा मिलापत्र भएका छन् भने ४६ वटा उजुरी अन्य निकायमा पठाएको छ । २३ वटा उजुरीको पछर्यौट गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्