
गोरखा जिल्ला अदालतका तहसिलदार १५ हजार घुस सहित पक्राउ
गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी १५ हजार घुस सहित पक्राउ परेका छन् ।
काम मिलाईदिन्छु भन्दै सेवाग्राही सँग बिहिवार राती अदालत नजिकैको एक होटलमा घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराको टोलीले उनलाई पक्राउ गरेको हो । घटनास्थलको मुचुल्का गरेर केसीलाई राती नै पोखरा लगिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।
केसी यस अघिको स्थानीय तह निर्वाचनमा मूख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृतको रुपमा पनि कार्यारत थिए ।
अदालतको काममा सेवाग्राहीलाई दुःख दिने गरेको आरोप उनीमाथि लाग्दै आएको थियो ।




