| बुधबार, कार्तिक २५, २०८३

उपभोक्ताको अधिकारबारे गोरखाका ब्यापारी, ब्यवशायीलाई प्रशिक्षण

उपभोक्ताको अधिकारबारे गोरखाका ब्यापारी ब्यवशायीलाई प्रशिक्षण दिइएको छ । उद्योग बाणिज्य संघ गोरखाको आयोजनामा सोमवार सदरमुकाममा भएको एक कार्यक्रमका बिच सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद भण्डारीले प्रशिक्षण दिएका हुन् ।


ब्यापार ब्यवशाय गर्दा उपभोक्ताको अधिकारीलाई कसरी ख्याल गर्ने भन्ने बारेमा ब्यापारीलाई जानकारी गराइएको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ को बारेमा सहायक प्रजिअ भण्डारीले जानकारी गराएका थिए । कस्तो बस्तु उत्पादन गर्न हुने, कस्तो नहुने, गुणस्तरमा कसरी ध्यान दिने, मूल्य निर्धारण वा नाफा कतिसम्म राख्न मिल्ने, लेबलिङ कसरी गर्नुपर्ने लगायतमा बारेमा उनले जानकारी गराएका थिए । उपभोक्ताको अधिकारलाई ध्यान नदिँदा त्यसबाट पर्ने असर र उत्पन्न परिस्थितिको ब्यापारी ब्यवशायीले सामना गर्नुपर्ने बताउँदै उनले विषेश ख्याल गर्न सुझाब दिए ।


उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको ब्यवशायिक सचेतना कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका प्रमुख महेन्द्रप्रसाद भण्डारी, बस्तुगत संघको तर्फबाट जनमुखि उपभोक्ता सहकारी संस्थाका सचिव किशोर रेग्मी लगायतले धारणा राखेका थिए ।


कार्यक्रममा पुस्तक ब्यवशायी, सुनचाँदी, होटल ब्यवशायी, इलेक्टिूक ब्यवशायी, मासु ब्यवशायी, फलफुल तथा तरकारी ब्यवशायी, कपडा तथा फेन्सी ब्यवशायी आवद्ध बस्तुगत संघका पदाधिकारी एवं सदस्यको सहभागीता रहेको उद्योग बाणिज्य संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए ।


सचेतना कार्यक्रममा उपभोक्ता भनेको के हो ? के कुरामा उपभोक्ता सचेत हुनुपर्छ ? बिक्रेताले के कुरामा ध्यान दिनुपर्छ ? ध्यान नदिँदा के सजायाँ हुन्छ ? बिजक जारी किन र कसरी गर्नुपर्छ ? नगर्दा कानुनी कारवाही के हुन्छ ? भन्ने जस्ता विषयमा कार्यक्रममा जानकारी गराइएको महासचिव श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्