
गोरखाली समाज फ्रान्सले गर्यो नेपालीहरुको भेटघाट
फ्रान्स को पेरिस शहर को पुर्बि सिमाना मा जोडीएको पँता (pantain) शहर अबस्थित बिशाल पार्कमा आईतबार 8 जुलाई 2018 का दिन गोरखाली समाज फ्रान्सले नेपालीहरुको भेटघाट तथा BBQ कार्यक्रम सम्पन्न गरेको छ । फ्रान्समा नेपाली बिभिन्न सँघ संस्था स्थापना हुने क्रममा यो कान्छो संस्था बन्न पुगेको छ । गोरखा जिल्लामा जन्मेर हुर्केर हाल फ्रान्समा बसोवास गर्ने गोर्खालीहरुले आफ्नो जन्मभूमिको माया र सद्भाव अनि अटुट सम्बन्ध कायम गर्न गत बैसाख २०७५ मा यो समाज स्थापना भएको हो । भेटघाट तथा BBQ कार्यक्रममा नेपाली राजदुत श्रीमती अ्बिका देवी मानन्धर लुईटेलज्युको प्रमुख अतिथित्य रहेको थियो भने नियोग उप प्रमुख श्री लेखनाथ भट्टराई, फ्रान्सका सबै संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको अध्यक्षता संस्थाकै अध्यक्ष श्री सुरेन्द्र काप्रीज्यु गर्नुभएको थियो । कार्यक्रम सन्चालन समाजकै महासचिब श्री राजेन्द्रबाबु श्रेष्ठले गर्नु भएको थियो । पार्कको वरपर र दोबाटोमा नेपाली ध्वजा , झन्डा , ब्यानर ले सजाइएको थियो ।
कार्यक्रम स्थलमा नेपाली संगितका बाजागाजा धुन, नृत्य भैरहदा, मासु पोल्ने पकाउने र खाने पनि चलिरहेको थियो । नाच गान, कार्यक्रम को वीच वीच मा स्वागत मन्तव्यको कार्यक्रम संचालन भै रहेको थियो । समाजका अभिभाबक एब साहित्यकार श्री हरिहर अर्यालले सबै अतिथिहरुलाई स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । भने महामहिम राजदुत श्रीमति अम्बिका देबी मानन्धर लुइँटेलज्युले गोर्खाली समाज फ्रान्स स्थापनाको उदेश्य प्राप्ति को लागि हार्दिक शुभकामना ब्यक्त गर्नुभयो । शुभकामना मन्तब्य ब्यक्त क्रममा गैर आबसिय नेपाली संघ अन्तरास्ट्रिय परिसदक सदस्य श्री सुबर्ण हमाल , फ्रान्सका अध्यक्ष्य श्री एकेन्द्र ब मल्ल , पूर्व उपाधक्ष्य श्री हरि सापकोटा , नेपाली एकता समाज फ्रान्सका प्रमोद जंग पाण्डे , पाकोफ़ोनकी अध्यक्ष्य श्रीमती सुमित्रा प्रधान , सास्कृतिक गृहका अध्यक्ष्य श्री हेमन्त उपाधयाय , तमु समाज फ्रान्सका अध्यक्ष्य श्री चित्र गुरुङ , मगर समाज फ्रान्सका उपाधक्ष्य श्री बिष्णु ब सारु मगर , समाजसेबी जीबन के सीले आ आफ्नो मन्तब्य राख्नुभयो ।
कार्यक्रम मासमाजका सल्हाकार एब एकता समाज फ्रान्सका पूर्व अधक्ष्य श्री शुक ब गुरुङले गोर्खाली समाजका फूटबल खेलाडी हरुलाई परिचय गराउनु भएको थियो भने अर्को सल्हाल्कार एब एन आर एन ए फ्रान्स का पूर्व अध्यक्ष्य, इन्जिनीयर निर्मल अर्याल ले समाज का कार्य समिति को परिचय गराउनु भएको थियो । समाज का उपाधक्ष्य श्री रामेश्वोर श्रेष्ठ ले बा बि क्यु तयारी उपसमितिका साथीहरु सन्जिब देवकोटा , बिष्णु दवाडी , बीर ब गुरुङ , कुल ब तामांग , सुजन देवकोटा , लाई धन्यवाद दिदै परिचय गराउनु भयो । समाजकी कोषाधक्ष्य नानु देबकोटा ,सदस्यहरु धन कु घले , जीवन आले, सुदेश तामांग, सुजन बानियाको उपस्थिति र सक्रिय योगदान रहेको थियो । कार्यक्रममा आन्जेश चुडाल र साथीहरुले लाईब संगीत प्रस्तुत गरि सहभागी हरु मा थप मनोरंजन प्रदान गर्नुभएको थियो । अन्तयमा, समाजका अधक्ष्यले गोर्खाली समाज फ्रान्स को उदेश्यहरु माथि प्रकाश पार्दै उपस्थित सबै महानुभावहरुलाई धन्यवाद दिएर कार्यक्रम समाप्त भएको घोषणा गर्नुभयो ।




