
चेम्बर अफ कमर्सद्वारा गोनपाका जनप्रतिनिधिलाई स्वागत
गोरखा चेम्बर अफ कमर्सले जनप्रतिनिधिलाई स्वागत गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्ण राना मगरको प्रमुख आथित्यता रहेको थियो ।
गोरखा नगरपालिकामा नव निर्वाचित मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई सम्मान गरिएको महासचिव रामस्वरुप श्रेष्ठले बताए । चेम्बर अफ कमर्सले माला, अविर लगाएर सफल कार्यक्रमको सुभकामना दिएको थियो ।
ब्यवशायीलाई सजिलो र सहज हुने गरी नगरपालिकाले सहकार्य गर्न चेम्बर अफ कमर्सले नवनिर्वाचित जनप्रतिनिधि सँग अनुरोध गरेको छ ।
मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, वडा अध्यक्ष दिलिप जोशीले ब्यापारी ब्यवशायीको हक हितमा काम गर्ने आश्वासन दिएका छन् ।




