
एउटा वडाको मत गणना बाँकी छँदै गोनपाको मेयरमा कृष्ण राना बिजयी
गोरखा नगरपालिका वडा नम्बर १४ को मत गणना बाँकी छँदै गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना बिजयी भएका छन् ।
वडा नम्बर १३ को मत गणन सकिँदा उनले ८२९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजनराज पन्तले ६४५६ मत प्राप्त गरेका छन् ।
गोरखा नगरपालिका १४ को १४०१ मत गणना गर्न बाँकी छ ।




