
आरुघाट गाउँपालिका ६ मा एमालेका राजिब गुरुङ बिजयी
गोरखाको आरुघाट गाउँपालिका ६ मा नेकपा एमालेका उम्मेदवार राजिब गुरुङ बिजयी भएका छन् ।
उनले तीन सय ७० मत प्राप्त गरे भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर थापाले तीन सय १० प्राप्त गरे ।
चार सदस्य मध्ये तीन जना एमाले र एक जना कांग्रेसका निर्वाचित भएको आरुघाट गाउँपालिकाका सहायक निर्वाचन अधिकृत एकदेव खनालले बताए ।




