
गोरखा नगरपालिका ३ मा एमालेका कुँवर बिजयी
गोरखा नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेका चुलबहादुर कुँवर बिजयी भएका छन् ।
उनले १०१२ मत पाएर बिजयी बने भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केदारबाबु बस्नेतले ८४३ मत ल्याए ।
जनता समाजवादी पार्टीका वडा अध्यक्ष ज्योती कोईरालाले १९९ मत पाए । उक्त वडामा एमालेको प्यानल नै बिजयी भएको हो ।




